• २१ असोज २०८३, बुधबार
  • ५ः५० बिहान

आजदेखि दरमखोला हाइड्रोको आईपीओ बिक्री खुला

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार १०:२५

श्रावण  १५, २०८२ काठमाडौं । आजदेखि दरमखोला हाइड्रो इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

National Life

कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसमा प्रतिकित्ता सय रुपैयाँका दरले १० करोड ३० लाख ५० हजार रुपैयाँको १० लाख ३० हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँको २ लाख ९१ हजार ९५० कित्ता साधारण सेयर श्रम स्वीकृती लिइ विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको बाँडफाँट भएको छ । कम्पनीले कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर बाँडफाँट गरेको छ ।

यस्तै सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँको २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया