बागमती प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण आकस्मिक रूपमा स्थगित
प्रकाशित मिति
२०८२ श्रावण १५ गते, बिहीबार १०:३३
श्रावण १५, २०८२ काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको आजका लागि तय गरिएको शपथग्रहण कार्यक्रम आकस्मिक रूपमा स्थगित भएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा बिरामी परेपछि शपथग्रहण कार्यक्रम स्थगित गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिएका छन्।
प्रवक्ता सापकोटाका अनुसार प्रदेश प्रमुख देवकोटाको स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहानै काठमाडौं गएका छन्। शपथग्रहण आज दिउँसो १ बजेका लागि तय गरिएको थियो। मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसभित्र विवाद चुलिएको समयमा गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेका थिए। तर, शपथग्रहण हुन नपाउँदै प्रक्रिया रोकिएको हो।
बुधबार सम्पन्न काँग्रेस संसदीय दलको नेताको निर्वाचनमा मुख्यमन्त्री लामालाई पराजित गर्दै इन्द्रबहादुर बानियाँ नयाँ नेता निर्वाचित भएका छन्। बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मत ल्याएका थिए। एक मत बदर भएको थियो।








प्रतिकृया