• २१ असोज २०८३, बुधबार
  • ३ः४६ राती

गिरीबन्धु टी-स्टेटको प्रयोजनबाहेक प्रयोग भएको जग्गा सरकारको हुने : मन्त्री अधिकारी

प्रकाशित मिति

२०८२ श्रावण १३ गते, मंगलवार ०४:३१

श्रावण १३ ,२०८२ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गिरीबन्धु टी-स्टेटको चिया बगान बाहेक अन्य प्रयोजनमा प्रयोग भएको जग्गा स्वतः सरकारको हुने स्पष्ट पारेका छन्।

National Life

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले भने, “चिया बगानका लागि लिएको जग्गा अन्य काममा प्रयोग गर्न पाइँदैन, हदबन्दीभित्रको मात्र निजी स्वामित्वमा रहन सक्छ।”

भूमि सम्बन्धी ऐन संशोधन विधेयक २०८२ माथि छलफलका क्रममा उनले गिरीबन्धु टी-स्टेटको प्रयोजनबाहेकको जग्गा सरकारको स्वामित्वमा आउने बताएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया