• ४ साउन २०८३, सोमबार
  • ७:४७ बेलुका

समाजवादी मोर्चाको बैठक माधव नेपालको पार्टी कार्यालयमा जारी

प्रकाशित मिति

२०८२ श्रावण १३ गते, मंगलवार ०३:५२

श्रावण १३ ,२०८२ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी छ। समसामयिक राजनीतिक परिस्थितिबारे मूल्याङ्कन गर्दै मोर्चालाई थप प्रभावकारी बनाउने र भावी नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले बैठक बसेको हो।

बैठकमा मोर्चाका संयोजक तथा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेताहरू सहभागी छन्।

Kamana Sewa

प्रतिकृया