• २१ असोज २०८३, बुधबार
  • ३ः४६ राती

सेयर बजारमा आज हरियाली, १८ अर्ब बढीको कारोबार

प्रकाशित मिति

२०८२ श्रावण १३ गते, मंगलवार ०३:३९

श्रावण १३ ,२०८२ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३०.४९ अंकले बढेर ३००१.८० बिन्दुमा पुगेको छ। लगातारको उतारचढावपछि बजार आज हरियाली बनेको हो।

National Life

मंगलबार ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जुन पछिल्ला दिनको तुलनामा उल्लेखनीय वृद्धि हो।

आज कुल ११ उपसूचक सकारात्मक रहे। तीमध्ये विकास बैंक समूह १.१४ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.०९ प्रतिशतले र जीवन बीमा समूह ०.९८ प्रतिशतले उकालो लागेका छन्। लगानीकर्ताको विश्वास बलियो देखिएको आजको कारोबारले बजारमा थप उत्साह सिर्जना गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया