• २१ असोज २०८३, बुधबार
  • ३ः४५ राती

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कारोबार कति ?

प्रकाशित मिति

२०८२ श्रावण १३ गते, मंगलवार ०३:२१

श्रावण १३ ,२०८२ काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । मंगलबा नेप्से ३०.४९ अंकले बढेर ३००१ को बिन्दुमा बन्द भएको छ । आज ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।

National Life

सेयर बजार बढेसँगै यस दिन हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको ६३ करोड ८२ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ५६ करोड ९२ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ५२ करोड ७७ लाखको सेयर कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया