• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

लण्डनमा क्षमता ढकाललाई ‘इन्टरनेसनल बेस्ट टेरोट कार्ड रिडर’ अवार्ड

प्रकाशित मिति

२०८२ श्रावण १२ गते, सोमबार ०२:०७

श्रावण १२,२०८२ काठमाडौं । नेपाली मूलकी क्षमता ढकालले लण्डनमा आयोजित “३९औं “इन्टरनेसनल एस्ट्रोलोजी, वास्तु एन्ड टेरोट कन्फरेन्स युके – २०२५” मा “इन्टरनेसनल बेस्ट टेरोट कार्ड रिडर” अवार्ड जितेकी छन्। यो सम्मानले उनले नेपाल र नेपाली समुदायको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चम्काएकी छिन्।

असम बगिया ज्योतिष एण्ड तन्त्र अर्गनाइजेशनद्वारा आयोजित उक्त सम्मेलनमा ढकालले आफ्नो उत्कृष्ट सेवा, आध्यात्मिक योगदान र टेरोट कार्ड रिडर मार्फत हजारौं व्यक्तिहरूलाई मार्गदर्शन गरेको योगदानस्वरूप यो अवार्ड प्राप्त गरेकी हुन्।

Kamana Sewa

हाल लण्डनमा बसोबास गर्दै आएकी क्षमता ढकाल वकालतसँगै टेरोट कार्ड रिडर, आध्यात्मिक उपचार (Spiritual Healing) र कानुनी सेवामा सक्रिय रूपमा क्रियाशील छिन्। काठमाडौं जन्मेकी ढकालले बेलायतलाई कर्मभूमि बनाएर आध्यात्मिक सेवा र महिला सशक्तीकरणमा विशेष योगदान दिँदै आएकी छन्।

Classic Tech Desktop

अवार्ड समारोहमा उनले बिकाश दुलाल गुरु र लोकराज पौडेल गुरुबाट भएको सिफारिसप्रति आभार प्रकट गर्दै आयोजक सन्दीप बोसलाई समेत धन्यवाद दिइन्। उनले भनिन्, “म यो सम्मान पाउँदा अत्यन्तै भाग्यशाली र धन्य महसुस गरिरहेकी छु। नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रिय स्तरमा फैलाउन पाउँदा गर्व लागेको छ।”

ढकालको सेवाबाट नेपाली मात्र होइन, बेलायती, युरोपेली तथा दक्षिण एशियाली समुदायका हजारौं व्यक्ति लाभान्वित भएका छन्। उनले Tarot को माध्यमबाट मानसिक स्वास्थ्य, आत्मिक शान्ति र जीवनका जटिलताहरू समाधान गर्न सफल योगदान दिँदै आएकी छन्।

प्रतिकृया