एक वर्षमै २ हजारभन्दा बढी प्रहरी कारबाहीमा
प्रकाशित मिति
२०८२ श्रावण ११ गते, आईतवार ०५:५२
श्रावण ११,२०८२ काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीका २ हजार ७३ जना प्रहरी कर्मचारी अनुशासनहीनता तथा विभिन्न कारणले कारबाहीमा परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार कारबाहीमा परेकामध्ये सबैभन्दा ठूलो संख्या तल्लो दर्जाका प्रहरी जवानहरूको छ।
प्राप्त विवरणअनुसार कारबाहीमा परेका प्रहरीमध्ये ९२४ जना प्रहरी जवान छन्। यस्तै, प्रहरी सहायक हवल्दार ४२०, प्रहरी हवल्दार ३४५, असई (सहायक निरीक्षक) १७३, सई (निरीक्षक) ६९, वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९ जना छन्।
यसका साथै इन्स्पेक्टर ३० जना, वरिष्ठ सई ९ जना, डिएसपी (प्रहरी उपरीक्षक) ३ जना र एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) १ जना कारबाहीमा परेका छन्। प्रवक्ता घिमिरेका अनुसार कारबाही अनुशासन उल्लंघन, कर्तव्यपालनमा कमजोरी, भ्रष्टाचारजस्ता विभिन्न कारणले गरिएको हो। नेपाल प्रहरीले संगठनभित्र अनुशासन कायम राख्न कडाइका साथ कदम चालिएको बताइएको छ।








प्रतिकृया