• २१ असोज २०८३, बुधबार
  • ४ः१० बिहान

थापाथलीमा बिजुलीको पोलमा आगलागी

प्रकाशित मिति

२०८२ श्रावण ११ गते, आईतवार ०५:४४

श्रावण ११,२०८२ काठमाडौं । काठमाडौंको थापाथलीस्थित बिजुलीको पोलमा आइतबार दिउँसो आकस्मिक आगलागी भएको छ। काठमाडौं महानगरपालिका–११ अन्तर्गतको सडक किनारमा रहेको बिजुलीको पोलमा आगो लागेपछि स्थानीयमा केही समयका लागि त्रासको अवस्था सिर्जना भएको थियो।

National Life

घटनापछि तुरुन्तै महानगरपालिकाको दमकल (वरुण यन्त्र) र नगर प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। ती टोलीले छोटो समयमै आगो नियन्त्रणमा लिन सफल भएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले दिएको जानकारी अनुसार आगलागीपछि पोल वरिपरिका तारहरूको व्यवस्थापन गर्ने काम पनि तीव्र रूपमा भइरहेको छ। अहिलेसम्म घटनाबाट मानवीय क्षति नभएको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया