• २१ असोज २०८३, बुधबार
  • ४ः१२ बिहान

राजनीतिमा कहिले जेल पर्छ भन्न सकिन्न: प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०८२ श्रावण ११ गते, आईतवार ०३:३७

श्रावण ११,२०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा कहिले कसलाई जेल जानुपर्छ भन्ने निश्चित नभएको बताएका छन्। आइतबार बालुवाटारमा आयोजित बिपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ समर्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्।

National Life

उनले राजनीतिमा कहिले, कसले र किन जेल जानुपर्छ भन्ने कुरा पूर्वाग्रह र प्रतिशोधका आधारमा हुने गरेको उल्लेख गरे। “राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैन,” प्रधानमन्त्री ओलीले भने, “धेरैजसो अवस्थामा पूर्वाग्रह र प्रतिशोधका कारण पनि जेल पठाउने गरिन्छ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले बिपी कोईरालाको लोकतान्त्रिक आदर्श र योगदानलाई सम्झँदै यस्ता अभ्यासबाट देशलाई जोगाउनुपर्ने आवश्यकता पनि औंल्याए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया