• २१ असोज २०८३, बुधबार
  • ४ः१० बिहान

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता

प्रकाशित मिति

२०८२ श्रावण १२ गते, सोमबार ०९:४५

श्रावण १२,२०८२ काठमाडौं । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

National Life

तीर्थालु गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेर बेपत्ता भएका हुन्। घटनापछि खोजी कार्यका लागि नेपाली सेना (श्रीनाथ गण), नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अधिकृत र जवानहरूलाई गोसाइँकुण्ड खटाइएको जिल्ला प्रहरीले जनाएको छ।

गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा हजारौं श्रद्धालुहरू स्नान गर्न जाने गर्दछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया