• २१ असोज २०८३, बुधबार
  • ४ः१२ बिहान

ऊर्जा मन्त्री खड्का भन्छन्, २४ घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन

प्रकाशित मिति

२०८२ श्रावण ११ गते, आईतवार ०१:५८

श्रावण ११,२०८२ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४ घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना भए पनि विभिन्न दबाब र चुनौतीका कारण कार्यान्वयन गर्न नसकेको बताएका छन्।

National Life

आइतबार काठमाडौंमा आयोजित सामुदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा उनले आवश्यक मात्रामा विद्युत आफैं उत्पादन गरी खपत गर्ने र बाँकी निर्यात गर्ने सरकारको अभियान जारी रहेको बताए।

उनले हरेक क्षेत्रमा जस्तै विद्युत क्षेत्रमा पनि चुनौतीहरू रहेको उल्लेख गर्दै, तिनलाई सामना गर्न सामर्थ्य निर्माण गर्नु जरुरी रहेको धारणा राखे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया