• २१ असोज २०८३, बुधबार
  • ४ः१२ बिहान

अख्तियारको नेतृत्वमै बसेका प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी

प्रकाशित मिति

२०८२ श्रावण ११ गते, आईतवार ०२:३७

श्रावण ११,२०८२ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) का प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध भ्रष्टाचारका विभिन्न मुद्दामा संलग्न रहेको आरोप लगाउँदै आइतबार (साउन ११ गते) उजुरी दर्ता गरिएको छ।

National Life

सामाजिक अभियन्ता युवराज सफलले अख्तियारमै उजुरी दर्ता गराउँदै वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा खरिद घोटाला र नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको संलग्नता रहेको दाबी गरेका छन्। उनले यस्ता प्रकरणमा निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही अघि बढाउन आग्रह गरेका छन्। सफलका अनुसार २०७७ माघ २१ गतेदेखि अख्तियार प्रमुख आयुक्तका रूपमा कार्यरत राईमाथि पटक–पटक सञ्चारमाध्यमहरूमा विभिन्न घोटालासँग जोडिएको आरोप सार्वजनिक हुँदै आएको छ।

उजुरीमा विशेष अदालतको २०८१ मंसिर २० गतेको फैसलाको उल्लेख गर्दै, मुद्दा नं. ०८०–CR–०१४५ मा राईमाथि अभियोजन नचलाइएकोप्रति अदालतले असहमति जनाएको समेत उल्लेख गरिएको छ। अदालतले एउटै कार्यमा संलग्न कसैलाई मुद्दा चलाउने र कसैलाई नचलाउने कार्य समान न्यायको सिद्धान्त विपरीत हुने ठहर गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, वाइडबडी खरिदसम्बन्धी निर्णय नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षका हैसियतमा राईकै उपस्थितिमा गरिएको प्रमाण सार्वजनिक भइसकेको पनि उजुरीमा जनाइएको छ। त्यो समयमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव थिए। यसबारेमा अहिलेसम्म प्रमुख आयुक्त राई वा अख्तियारको औपचारिक प्रतिक्रिया आएको छैन।

प्रतिकृया