• ४ साउन २०८३, सोमबार
  • ८:११ बेलुका

यूएईमा नेपाली कामदारको मृत्यु दर बढ्दो, एक वर्षमा ३१२ जनाको निधन

प्रकाशित मिति

२०८२ श्रावण ११ गते, आईतवार ०१:२७

श्रावण ११,२०८२ काठमाडौं । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका नेपाली श्रमिकहरूको मृत्यु दर डरलाग्दो रूपमा बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र ३१२ जना नेपालीले ज्यान गुमाएका छन्। यो अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो, किनभने २०८०/८१ मा २३१ जनाको मृत्यु भएको थियो।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार औसतमा महिनामा २६ जना नेपालीको मृत्यु हुने गरेको छ। कात्तिक र वैशाख महिनामा सबैभन्दा धेरै ३५–३५ जना, र पुसमा सबैभन्दा कम १३ जना नेपालीले ज्यान गुमाएका छन्।

Kamana Sewa

मृत्युका प्रमुख कारणहरूमा कार्यस्थल तथा सडक दुर्घटना, हृदयघात, मुटु सम्बन्धी समस्या, दीर्घरोग, अत्यधिक गर्मी र मानसिक तनाव रहेका छन्। अव्यवस्थित कामको समय, कमजोर सुरक्षा, नियमित स्वास्थ्य परीक्षणको अभाव लगायतका समस्या थप जोखिमका कारण भएको दूतावासले जनाएको छ। यूएईमा विशेषगरी निर्माण, सुरक्षा र सेवा क्षेत्रमा कार्यरत नेपालीहरू असुरक्षित वातावरणमा काम गर्न बाध्य छन्।

Classic Tech Desktop

प्रतिकृया