• ३ साउन २०८३, आइतबार
  • ५:३९ बेलुका

रसुवा बाढीमा यति रुपैयाँ बराबरको पर्‍यो बीमा दाबी

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार ०९:३३

श्रावण ५  ,२०८२ काठमाडौं ।  रसुवामा दुई साताअघि आएको बाढीका कारण भएको क्षतिको बीमा दाबी २९ करोड रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार आइतबारसम्म ६३ भन्दा बढी आवेदन परेका छन्।

गत असार २३ गते आएको बाढी र पहिरोले भन्सार यार्ड, कन्टेनर, सवारीसाधन तथा सामान बगाएको थियो। घटनामा ११ जनाको मृत्यु भएको थियो भने १९ जना अझै बेपत्ता छन्। हालसम्म ९ बीमा कम्पनीमार्फत २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको दाबी परेका छन्। सबैभन्दा धेरै सामुद्रिक बीमा अन्तर्गत १५ करोड ७० लाख रुपैयाँ बराबरको दाबी परेको छ, जसमा ६ वटा मात्र दाबी संख्या छन्।

Kamana Sewa

त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा ५ करोड ५५ लाख रुपैयाँ (४ आवेदन), सम्पत्ति बीमामा ४ करोड १८ लाख रुपैयाँ (१० आवेदन), मोटर बीमामा सार्वजनिक ३२ र निजी ११ गरी ४३ बिमितबाट ३ करोड ४९ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया