• २१ असोज २०८३, बुधबार
  • ४ः२७ बिहान

एमाले केन्द्रीय कमिटी बैठक आज, यस्तमा विषयमा छलफल हुँदै

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार ०९:२०

श्रावण ५  ,२०८२ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (सोमबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने नयाँ विधानको मस्यौदा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन्।

National Life

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अवस्था, सरकारको एक वर्षको समीक्षा तथा सचिवालय र पोलिटब्युरो बैठक निर्णयबारे मन्तव्य राख्नेछन्। महासचिवले सांगठनिक अवस्थाबारे जानकारी गराएपछि विधानमाथि छलफल सुरु हुनेछ।

केन्द्रीय सदस्यहरूले तीन मिनेटभित्र धारणा राख्न पाउने छन्। एमालेमा २३० जना जति केन्द्रीय सदस्य छन्। बैठक एकदेखि तीन दिनसम्म लम्बिन सक्ने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि सचिवालय र पोलिटब्युरो बैठकले उमेर हद (७० वर्ष) र एउटै पदमा दुई कार्यकालको सीमा हटाउने निर्णय गरिसकेको छ। पास भएको मस्यौदा मातहत कमिटीहरूमा सुझावका लागि पठाइने र ती सुझाव समेटेर भदौ २०–२२ गते गोदावरीमा हुने विधान महाधिवेशनमा पेस गरिनेछ।

प्रतिकृया