• २१ असोज २०८३, बुधबार
  • ४ः२८ बिहान

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार ०२:०२

श्रावण ४ ,२०८२ काठमाडौं । पोखरा फाइनान्स लिमिटेड (PFL) र समृद्धि फाइनान्स लिमिटेड एकआपसमा मर्ज हुने भएका छन्। मर्जर प्रक्रिया अगाडि बढाउन दुवै कम्पनीले आज बिहान साढे ८ बजे पोखराको होटल ल्याण्डमार्क लेकसाइडमा औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

National Life

सम्झौताअनुसार यी दुई फाइनान्स कम्पनी १:१ को शेयर स्वाप अनुपातमा मर्ज हुनेछन्। मर्जरपछि एकीकृत कारोबार पोखरा फाइनान्स लिमिटेड को नाममै सञ्चालन हुनेछ। मर्जर सम्पन्न भइसकेपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँमा रहने जानकारी दिइएको छ। दुवै फाइनान्स कम्पनीको समायोजनपछि वित्तीय स्थिति बलियो हुने विश्वास गरिएको छ भने ग्राहक सेवा विस्तार र प्रविधिमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिकृया