• २१ असोज २०८३, बुधबार
  • ४ः२८ बिहान

मेयरको धम्कीपछि पत्रकारको मृत्यु, मेयरमाथि स्थानीयको गम्भीर आशंका

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार ०१:५१

श्रावण ४ ,२०८२ काठमाडौं । रौतहट जिल्लाको कटहरिया नगरपालिका–५ निवासी ३० वर्षीय पत्रकार रवीन्द्र प्रजापति शनिबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। उनलाई झुन्डिएको अवस्थामा फेला पारिएपछि तत्कालै अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका हुन्।

National Life

प्रजापति गरुडा म्युजिकल एफएममा समाचार वाचकका रूपमा कार्यरत थिए भने विभिन्न स्थानीय पत्रपत्रिकामा समाचार लेख्दै आएका थिए। इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ र शवलाई पोस्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ। यद्यपि, आत्महत्याको कारणबारे यकिन विवरण आउन बाँकी छ।

यसबीच, मृतक पत्रकारका परिवारले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट प्रजापतिले धम्की पाएको बताएका छन्। पारिवारिक स्रोतअनुसार, खानेपानी समस्यासम्बन्धी समाचार लेखेपछि मेयरले उनलाई गाली गर्दै धम्की दिएका थिए। त्यसपछिको तनावका कारण उनी डरले घर बाहिर निस्कनसमेत छाडेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

स्थानीयवासी र पत्रकार समूदायले आत्महत्याको मूल कारण मेयरको धम्की हुनसक्ने दाबी गरेका छन्। यस्तै, प्रेस चौतारी रौतहट शाखाले समेत जेठ २९ गते विज्ञप्ति जारी गर्दै मेयर जयसवालद्वारा दिइएको धम्कीप्रति आपत्ति जनाउँदै छानबिन र कारबाहीको माग गरेको थियो।

प्रेस चौतारीका अध्यक्ष अशोक पहाडीले पत्रकारको आत्महत्यासँग सम्बन्धित सबै पक्षको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन्। तर डीएसपी कार्कीले भने मेयरले धम्की दिएको विषयमा हालसम्म प्रहरीलाई औपचारिक जानकारी नआएको स्पष्ट पारेका छन्।

प्रतिकृया