डा. कोइरालाद्वारा निकट सांसदहरूलाई छलफलका लागि बोलाए
प्रकाशित मिति
२०८२ श्रावण ४ गते, आईतवार ०२:४८
श्रावण ४ ,२०८२ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकटका सांसदहरूलाई छलफलका लागि आज दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बोलाएका छन्। संस्थापन इतर समूहका एक नेताका अनुसार बैठक हाल जारी छ।
पछिल्लो समय कोइरालाले पार्टीभित्रको रणनीति तथा आगामी राजनीतिक सम्भावनाहरूका सन्दर्भमा सक्रियता बढाउँदै आएका छन्। पार्टीभित्रको शक्ति सन्तुलनबारे छलफल गर्न आजको बैठक बोलाइएको बुझिएको छ।
यही सिलसिलामा कोइरालाले हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्। उनका सहयोगीहरूका अनुसार कोइरालाले अन्य प्रमुख दलका शीर्ष नेताहरूसँग पनि सम्पर्क विस्तार गरिरहेका छन्।
कोइरालाको यस्तो गतिविधिलाई कांग्रेसभित्रको आन्तरिक समिकरण र आगामी राजनीतिक सम्भावित गठबन्धनको संकेतका रूपमा हेरिएको छ।








प्रतिकृया