• २१ असोज २०८३, बुधबार
  • ४ः३६ बिहान

कर नतिर्ने १२२ करदाताविरुद्ध कारबाही सुरु

प्रकाशित मिति

२०८२ श्रावण २ गते, शुक्रबार १२:२१

श्रावण २ ,२०८२ काठमाडौं । लामो समयदेखि भ्याट, आयकर, अन्तःशुल्कलगायत बक्यौता नतिर्ने १२२ करदाताविरुद्ध वाग्मती प्रदेशको आन्तरिक राजस्व कार्यालयले कडा कारबाही प्रक्रिया अघि बढाएको छ।

National Life

कार्यालयका अनुसार तोकिएको समयभित्र कर नबुझाएमा ती करदाताको बैंक खाता, सम्पत्ति तथा आयात–निर्यात प्रक्रियामा रोक लगाइनेछ। राजस्व प्रशासनले करप्रति जनचेतना बढाउने र स्वेच्छिक कर तिर्ने संस्कृति विकास गर्न बक्यौता असुलीलाई तीव्र बनाएको जनाएको छ।

प्रतिकृया