• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

विद्या भण्डारीसँग शेखर कोइरालाको भेट, वैकल्पिक गठबन्धनको चर्चा तीव्र

प्रकाशित मिति

२०८२ श्रावण २ गते, शुक्रबार ०१:४३

श्रावण २ ,२०८२ काठमाडौं ।  सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमाले नेतृ एवं पूर्व राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान बूढानीलकण्ठस्थित भण्डारीको निवासमा करिब एक घण्टा भेटवार्ता भएको हो। भेटका क्रममा भण्डारीले सक्रिय राजनीतिमा फर्किएको जानकारी दिँदै कोइरालासँग सहयोगको आग्रह गरेकी थिइन्।

कोइरालाले पनि पूर्व राष्ट्रपतिको सक्रियता सकारात्मक रहेको प्रतिक्रिया दिंदै भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध मुखर हुन सुझाव दिएका छन्। नयाँ राजनीतिक समीकरणको चर्चा चुलिएको बेला पूर्वराष्ट्रपति भण्डारीसँग कोइरालाको भेटलाई विश्लेषकहरूले विशेष महत्त्वका साथ हेरिरहेका छन्।

Kamana Sewa

बिहीबार मात्रै शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेका थिए। यी दुवै भेटलाई वैकल्पिक राजनीतिक गठबन्धन निर्माणतर्फ संकेतका रूपमा लिइएको छ।

Classic Tech Desktop

प्रतिकृया