• १२ असोज २०८३, सोमबार
  • ११ः२९ राती

नवनियुक्त मन्त्री न्यौपानेको प्रतिबद्धता: ‘मबाट कहिल्यै भ्रष्टाचार हुँदैन’

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार ११:२०

साउन १,२०८२ काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले नेपाली जनताको कसम खाँदै आफूबाट कहिल्यै भ्रष्टाचार नहुने दाबी गरेकी छन्।

National Life

पूर्वमन्त्री राजकुमार गुप्ता घुसकाण्डमा मुछिएर राजीनामा दिएपछि नियुक्त भएकी न्यौपानेले आफू सफा, बेदाग र नैतिक बलले भरिपूर्ण रहेको स्पष्ट पारेकी छिन्।उनले फेसबुकमा यस्तो स्टाटास लेखेकि छन्,मैले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा संविधान अनुसार सपथ लिएको छु । म समस्त नेपाली जनता समक्ष निष्ठा र इमानबाट कहिले पनि विचलित हुने छैन भनेर फेरि पनि सपथ लिएको घोषणा गर्दछु ।

यो जिम्मेवारी दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्रद्धेय केपी शर्मा ओलीज्यूप्रति आभारी छु । यो जिम्मेवारी वहन गरिरहँदा मेरो जन्मथलो, कर्मथलो तनहुँका आदरणीय जनताप्रति आभार व्यक्त गर्दछु । यो जिम्मेवारी वहन गरिरहँदा म नेकपा (एमाले)का समस्त कार्यकर्ता तथा नेताहरुप्रति आभार व्यक्त गर्दछु । मैले भन्ने कुरा खासै केही छैन । साँच्चै भन्ने हो भने मेरा भन्ने कुरा अब सकियो, गर्ने काम मात्र बाँकी छ । काम गर्नका लागि म सबैबाट हौसला, सहयोग, सल्लाह तथा सुझावको अपेक्षा गर्दछु ।

Classic Tech Mobile
Classic Tech Desktop

म निष्ठा र इमानपूर्वक काम गर्दछु । म देश र जनताको दीर्घकालीन हित र लाभ हेरेर निर्णय लिन्छु । म क्षणिक लोकप्रियताका लागि काम गर्दिनँ । नेपालमा भाइरल र चर्चित हुने रोग फैलिएको छ । म अव्यवहारिक, सनसनीखेज, उत्तेजनापूर्ण कुरा गर्दिनँ । किनभने म जिम्मेवार पार्टी नेकपा एमालेको सदस्य हो, म अति जिम्मेवार र गम्भीर सरकारको सदस्य हो ।

प्रधानमन्त्रीज्यूको काम गराईको स्प्रीट र स्पीडको म सधैं प्रशंसक थिएँ, प्रधानमन्त्रीज्यूको विचार, भावना र कार्यक्रमलाई कार्यरुपमा उतार्न मेरो योगदान रहनेछ । यो सरकारको नीति तथा कार्यक्रम, यो सरकारको वार्षिक बजेट, संसद्मा अभिव्यक्त विचार तथा निर्देशन, प्रधानमन्त्रीज्यूबाट हुने घोषणा एवं जनचाहना मेरा मार्गदर्शक सिद्धान्त हुन् । म त्यसै अनुरुप काम गर्दछु ।

म नेपाली जनताको कस्सम खाएर भन्छु, म बाट भ्रष्टाचारजन्य कुनै पनि काम आजसम्म भएको छैन, अब पनि हुँदैन, म सफा र वेदाग छु, म कहिल्यै लोभ र लाभले विचलित हुने छैन । मेरो सबैभन्दा ठूलो शक्ति भनेकै नैतिक बल हो । म यो शक्ति कहिल्यै गुमाउने छुइन ।

अन्त्यमा विभिन्न माध्यमबाट शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण शुभचिन्तक एवम् आदरणीय महानुभावमा हार्दिक अभार सहित धन्यवाद प्रकट गर्न चाहन्छु !।

प्रतिकृया