• १३ असोज २०८३, मंगलबार
  • १ः५२ राती

आजदेखि शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार ११:३५

साउन १,२०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा राखी लिन सकिने अधिकतम कर्जा सीमा २५ करोड रुपैयाँ पुर्‍याएको छ। साउन १ गतेदेखि लागू हुनेगरी राष्ट्र बैंकले बुधवार परिपत्र जारी गर्दै मार्जिन प्रकृतिको कर्जामा मात्र यो सीमा लागू हुने जनाएको हो।

National Life

पहिले १० करोडबाट १५ करोड पुर्‍याइएको यो सीमा अब २५ करोडमा पुर्‍याइएकाले शेयर बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो सीमा व्यक्तिगत ऋणीहरूका लागि मात्र हो भने संस्थागत ऋणीहरूमा लागू हुने छैन।

त्यस्तै, २०८० को भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम लगायतका क्षेत्रका व्यवसायी र सर्वसाधारणले लिएको कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सकिनेछ। यो प्रक्रिया २०८२ असोज मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, राष्ट्र बैंकले बैंकदर ६ प्रतिशत कायम गरेको छ भने रिपो दर ४.५ प्रतिशत, निक्षेप संकलन दर २.७५ प्रतिशत तोकिएको छ।

प्रतिकृया