• १३ असोज २०८३, मंगलबार
  • ८ः२२ राती

नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु, गत वर्षको बजेट खर्च लक्ष्यभन्दा निकै कम

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार १०:०५

साउन १,२०८२ काठमाडौं । आजदेखि नेपालमा नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ। सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिसकेको छ। जसअनुसार चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

National Life

बजेटसँगै लागू गरिएका नयाँ करदरमध्ये केही १५ जेठदेखि र बाँकी आजदेखि कार्यान्वयनमा आएका छन्। तर, अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने सरकारले बजेट खर्च गर्ने मामिलामा लक्ष्यअनुसारको प्रगति गर्न सकेन। महालेखा नियन्त्रक कार्यालयका अनुसार १८ खर्ब ६० अर्बको बजेटमध्ये असार मसान्तसम्म जम्मा १५ खर्ब २३ अर्ब १० करोड रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल बजेटको ८१.८७ प्रतिशत मात्र हो।

विशेषगरी पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएको छ। तीन खर्ब ५२ अर्ब विनियोजन गरिएपनि दुई खर्ब २२ अर्ब मात्रै खर्च भएको छ, जुन लक्ष्यको ६३.२ प्रतिशत मात्र हो। चालु खर्च ८५.९५ प्रतिशत र वित्तीय व्यवस्थातर्फको बजेट ८७.१४ प्रतिशत मात्रै खर्च भएको तथ्यांक महालेखा नियन्त्रकको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, सरकारको आम्दानी र खर्चबीच तीन खर्ब रुपैयाँभन्दा बढीको घाटा देखिएको छ। उक्त खाडल पूर्तिका लागि सरकारले आन्तरिक तथा बाह्य स्रोतबाट ऋण उठाएको हो।

प्रतिकृया