• १५ असोज २०८३, बिहीबार
  • १२ः१० दिउँसो

राजीनामा दिएर मात्र उन्मुक्ति दिन मिल्दैन,मन्त्री गुप्तालाई पक्राउ गरी छानबिन होस् : सांसद शाही

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ०२:०४

असार ३१,२०८२ काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अडियो प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन्।

National Life

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारको आरोपमा राजीनामा दिनु मात्र पर्याप्त नभएको र कानुनी कारबाही हुनुपर्ने बताए।’ खुला अडियो टेपमा मन्त्री क्वार्टरमै पैसा लिइएको सुनिएको छ, यस्तो अवस्थामा राजीनामा दिएर मात्र उन्मुक्ति दिन मिल्दैन,’ उनले भने।

सांसद शाहीले आलोचनात्मक शैलीमा प्रधानमन्त्री केपी ओलीको क्याबिनेटमा भ्रष्टाचार गर्न पाइने बताएपछि एमाले सचेतक सुनिता बरालले आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन माग गरिन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया