• २१ असोज २०८३, बुधबार
  • ४ः४६ बिहान

स्पेन भ्रमणमा सहभागी केही व्यक्ति नफर्किएको पुष्टि भइसकेको राप्रपाको दाबी

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार ०२:४९

असार  २९,२०८२ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री सहभागी स्पेन भ्रमणका क्रममा भिजिट भिसामा गएकाहरू नफर्किएको प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले उक्त विषयमा सरकार गम्भीर नभएको आरोप लगाउँदै छानबिन समितिको माग दोहोर्‍याए।

National Life

सांसद शाहीले भने, “प्रधानमन्त्रीसँग नगएका भए पनि उहाँको कार्यक्रममा गएका केही व्यक्ति नफर्किएको पुष्टि भइसकेको छ। भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय समिति बनाऔँ, सरकार किन डराएको?”

उनले यस विषयमा अपारदर्शी आर्थिक लेनदेन भएको आशंका समेत व्यक्त गर्दै, समिति नबनेसम्म राप्रपाले आन्दोलन नछाड्ने चेतावनी दिए। त्यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि संसदीय छानबिन समिति गठनको माग गर्दै सरकारको चुप्पीप्रति प्रश्न उठाए। “मान्छे नफर्किएको पुष्टि भइसकेको अवस्थामा पनि छानबिन नगर्नु सरकारको डर होइन र?” उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

भिजिट भिसाको नाममा विगतदेखि भइरहेको अपारदर्शी प्रक्रिया र राजनीतिक संरक्षणको आरोपसमेत उठाउँदै राप्रपाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न संसदीय स्तरको छानबिन अपरिहार्य भएको दाबी गरेको छ।

प्रतिकृया