• २१ असोज २०८३, बुधबार
  • ४ः४६ बिहान

कर्मचारी सरुवा घुस प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग्दै सांसद रेखा शर्मा आक्रोशित

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार ०२:२६

असार  २९,२०८२ काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले कर्मचारी सरुवामा मन्त्रीस्तरीय घुस लेनदेन भएको भन्दै सरकारसँग संसद्मा स्पष्ट जवाफ मागेकी छिन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीको नाम जोडिएको ७८ लाख रुपैयाँको डिल सम्बन्धी समाचारप्रति गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्रीबाटै जवाफ दिन आग्रह गरिन्।

National Life

“कर्मचारी सरुवामा मन्त्रीहरूले ७८ लाख डिल गरेको समाचार बाहिरिएको छ,” शर्माले भनिन्, “प्रधानमन्त्रीज्यू, कृपया संसद्‍मार्फत जानकारी गराइयोस्।” साथै, उनले दोषी जो भए पनि कडाभन्दा कडा कारबाहीको माग गर्दै यस्तो घटनाले सरकारको एक वर्षको उपलब्धिलाई नै धुमिल पार्न सक्ने चेतावनी दिइन्।

त्यस्तै, सांसद शर्माले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल सेन्टर बनाइएको निर्णयप्रति पनि आपत्ति जनाइन्। “आफ्नै नजिकको अस्पताल छाडेर २५ किलोमिटर टाढा बिरामीलाई रेफर गर्नु अन्याय हो,” भन्दै उनले सो निर्णय तत्काल सच्याउन सरकारलाई गम्भीर ध्यानाकर्षण गराइन्।

Classic Tech Mobile
Classic Tech Desktop

शर्माले काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा घाइते भएकाहरूको उपचार व्यवस्थापनमा पनि सरकारको ध्यान जान आवश्यक रहेको बताउँदै तत्काल आवश्यक प्रबन्ध गर्न आग्रह गरिन् ।

प्रतिकृया