• १३ असोज २०८३, मंगलबार
  • १ः४८ राती

आज २५ अर्बको बजेट ल्याउँदै काठमाडौं महानगर

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार १०:४६

असार  २९,२०८२ काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आइतबार नगरसभा बोलाएको छ। दिउँसो २ बजेका लागि नगरसभा आह्वान गरिएको छ भने त्यसअघि बिहान ११ बजे कार्यपालिकाको बैठक बस्नेछ। मेयर बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बस्ने बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्ताव पेस गरिनेछ।

National Life

महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। राजस्व परामर्श समितिले सोही सीमा निर्धारण गरिसकेको छ र आजको नगरसभामा उक्त बजेट प्रस्तुत हुनेछ।

संविधानअनुसार स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, काठमाडौं महानगरभित्र देखिएको आन्तरिक विवादका कारण बजेट ल्याउन ढिलाइ भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठक एक मिनेटमै सम्पन्न भएको थियो। सो बैठकमा मेयर शाहले आज (आइतबार) बजेट प्रस्ताव गर्ने निर्णय गर्दै बैठक स्थगन गरेका थिए। आजको नगरसभामा नीतिगत कार्यक्रमहरूसमेत प्रस्तुत हुने सम्भावना छ।

प्रतिकृया