• २१ असोज २०८३, बुधबार
  • ४ः५२ बिहान

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार ०४:०५

असार  २५, २०८२ काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा १ वर्षका लागि पार्टीबाट निष्काशित भएका छन्। असार १७ गते बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कांग्रेसको विधानअनुसार कारबाही गर्दै खनाललाई पार्टी सदस्यताबाट हटाउने निर्णय गरेको हो।

National Life

समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार स्पष्टीकरण मागिए पनि खनालको जवाफ चित्तबुझ्दो नदेखिएपछि कारबाही गरिएको हो। निर्णयको जानकारी सभापति शेरबहादुर देउवासहित सम्बन्धित प्रदेश र जिल्ला समितिलाई पठाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया