• २१ असोज २०८३, बुधबार
  • ४ः५३ बिहान

काठमाडौं भ्यू टावरको निर्माण नरोक्न अदालतको अन्तरिम आदेश

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार ०४:२०

असार  २५, २०८२ काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरको काम नरोक्न अन्तरिम आदेश दिएको छ।

National Life

न्यायाधीश प्रकाश खरेलको एकल इजलासले ‘अन्तिम निर्णय नभएसम्म’ निर्माण कार्य जारी राख्न अनुमति दिएको हो। काठमाडौं महानगरपालिकाको रोक आदेशविरुद्ध निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले रिट दायर गरेको थियो।

टावर सुरुमा भूमिगत २ तला सहित १२ तलेको स्वीकृति लिएर निर्माण सुरु भएको भए पनि हाल १९ तले बनाउने अनुमति दिइएको छ। तला थपको नक्सा पासबारे महानगर प्रमुख बालेन्द्र शाह र प्रशासकीय प्रमुख सरोज गुरागाईंबीच विवाद भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया