• २१ असोज २०८३, बुधबार
  • ४ः५२ बिहान

सेयर बजारमा पुनः सुधार, नेप्से २३.९९ अंकले उकालो

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार ०३:२२

असार  २५, २०८२ काठमाडौं । मंगलबारको सामान्य करेक्सनपछि सेयर बजार आज पुनः सुधारतर्फ लम्किएको छ। नेप्से परिसूचक २३.९९ अंकले बढेर २७०७.८५ बिन्दुमा पुगेको छ।

National Life

बैंकिङ प्रणालीमा तरलता वृद्धि, न्यून ब्याजदर, सेयर धितो कर्जाको विस्तार, र लगानीकर्ताको आकर्षणले बजारमा सुधार देखिएको हो। आज ३१६ कम्पनीको १ करोड ५८ लाख कित्ता शेयर कारोबार भई ७ अर्ब ४५ करोड रुपैयाँको व्यापार भएको छ। सबैभन्दा धेरै वाणिज्य बैंक समूहको शेयर मूल्य १.९० प्रतिशतले बढेको छ। आज १९९ कम्पनीको शेयर मूल्य बढ्दा ४९ को घटेको छ। साउन महिनादेखि सुरु हुने वित्तीय विवरण प्रकाशन र सम्भावित लाभांश घोषणाले बजारमा थप सकारात्मक संकेत देखिएको छ।

प्रतिकृया