• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

भूमि सम्बन्धी विधेयक किन हटाइयो कार्यसूचीबाट ?

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार ०२:२१

असार  २५, २०८२ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा रहेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ हटाइएको छ। सत्ता साझेदार नेपाली कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै तत्काल पारित गर्न नहुने अडान लिएपछि उक्त विधेयक कार्यसूचीबाट हटाइएको हो।

National Life

कांग्रेस सांसदहरूले विधेयक संसदीय समितिमा पठाएर विस्तृत छलफल गर्नुपर्ने माग गरेका थिए। विधेयकमा संशोधन दर्ता गरेका कांग्रेस सांसदहरूले त्यसलाई कार्यसूचीमा नराख्न दबाब दिएका थिए।

आज दिउँसो १ बजे बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयकलाई दफावार छलफलका लागि प्रस्तुत गर्ने तयारी गरेका थिए। तर अन्तिम समयमा आएर कार्यसूचीमै परिवर्तन गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री किशोर साह सुडीले बालबालिका सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची समेटिएको छ।

त्यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि निर्णयार्थ प्रस्तुत गरेका छन्।

प्रतिकृया