• २१ असोज २०८३, बुधबार
  • ५ः०० बिहान

भोटेकोशीको बाढीले मापन उपकरण बगायो

प्रकाशित मिति

२०८२ असार २४ गते, मंगलवार १२:२०

असार २४, २०८२ काठमाडौं । भोटेकोशीमा आएको बाढीले जल तथा मौसम विज्ञान विभागले स्याफ्रुबेसीमा जडान गरेको बाढी मापन उपकरण बगाएको छ। आज बिहान ३:४० बजे पानीको सतह ५.३७ मिटर पुगेपछि थप मापन नहुँदा उपकरण बगेको पुष्टि भएको हो।

National Life

बेत्रावतीमा पनि आज बिहान ५ बजे १.६ मिटर रहेको पानीको सतह ५:५० बजे एक्कासि ४.१८ मिटर पुगेपछि जोखिम बढेको छ। ८:१० बजे सतह घटेर ३.६ मिटर पुगेको थियो।

बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएसमार्फत सूचना पठाएको छ। उता, टिमुरेमा रहेको मापन केन्द्र दुई–तीन महिनादेखि बन्द रहेको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया