• ३१ भदौ २०८३, बुधबार
  • ९ः५९ राती

आम्दानी नहुने ठाउँमा लगानी नगरौं, वैदेशिक ऋण सदुपयोग होस्:सांसद सिंह

प्रकाशित मिति

२०८२ असार २२ गते, आईतवार १२:२८

असार २२ , २०८२ काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले वैदेशिक ऋण लिई आम्दानी नहुने स्थानमा लगानी गर्नु गलत भएको बताएका छन्। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद सिंहले भैरहवा र पोखरा विमानस्थलमा व्यापक अनियमितता भएको र त्यसमा गम्भीर अनुसन्धान हुनुपर्ने माग गरेका हुन्।

National Life

उनले भने, “भैरहवा र पोखरामा विमानस्थल बनेका छन्, तर प्रयोग हुन सकेका छैनन्। त्यहाँ धेरै अनियमितता भएको छ। विदेशी ऋण लिन्छौं भने त्यसबाट आम्दानी पनि हुनुपर्छ, तर अहिले ऋण भ्रष्टाचारका लागि मात्र लिने परिपाटी बढ्दै गएको छ।”

सिंहले मधेस प्रदेशमा उच्च जनसंख्या हुँदाहुँदै पनि विमानस्थलको सुविधा नपाएकोप्रति असन्तुष्टि जनाउँदै भौतिक पूर्वाधार निर्माण जनसंख्याका आधारमा हुनुपर्नेमा जोड दिए। “जहाँ धेरै जनता छन्, त्यहीँ संरचना बनाउँदा प्रयोग पनि बढी हुन्छ। त्यसैले संरचना जनघनत्वका आधारमा बनाइनु आवश्यक छ,” उनले स्पष्ट पारे।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद सिंहले भैरहवा र पोखरामा निर्माण गरिएका विमानस्थलहरू सदुपयोग नहुँदा राज्यको लगानी व्यर्थ भएको टिप्पणी गर्दै समिति मार्फत सरकारको ध्यानाकर्षण गराउने जानकारी दिए। उनको भनाइ अनुसार, वैदेशिक ऋणको प्रयोग पारदर्शी र प्रतिफलमुखी हुन आवश्यक छ, नत्र त्यो राष्ट्रकै आर्थिक बोझ र नागरिकप्रति अन्याय हुने बताइएको छ।

प्रतिकृया