• ४ साउन २०८३, सोमबार
  • ७:५३ बेलुका

अध्यक्ष ढकालद्वारा स्पेनका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

प्रकाशित मिति

२०८२ असार १९ गते, बिहीबार ११:३२

असार १९, २०८२ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी तथा व्यवसायीहरूलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भइसकेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

बुधबार नेपाली दूतावास, म्याड्रिडले आयोजना गरेको विशेष कार्यक्रममा अध्यक्ष ढकालले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिँदै स्पेनका लगानीकर्तालाई नेपालमा लगानीको अवसरको उपयोग गर्न आह्वान गरेका हुन्।

Kamana Sewa

कार्यक्रममा स्पेन वाणिज्य तथा उद्योग महासङ्घका सदस्यहरू, व्यापारी समुदायका अगुवा, नेपाली समुदायका प्रतिनिधिहरू र कूटनीतिक व्यक्तित्वहरूको सहभागिता थियो। अध्यक्ष ढकालले नेपालको पर्यटन उद्योगलाई अर्थतन्त्रको मेरुदण्ड भन्दै सगरमाथादेखि लुम्बिनीसम्मका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदामा लगानी गर्दा उल्लेखनीय प्रतिफल प्राप्त हुने बताए।

Classic Tech Desktop

उहाँले थपे, “गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके विश्वभरका पर्यटकलाई नेपाल तान्न सकिन्छ।” नेपालमा निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित लगानी नीतिमा सुधार भइरहेको भन्दै ढकालले नेपालमा लगानीको सही समय यही हो भन्ने सन्देश स्पेनका व्यवसायीहरूलाई दिन खोजेका थिए।

प्रतिकृया