ओलीको घोषणा : देउवालाई समयअगावै प्रधानमन्त्री पद सुम्पन तयार
प्रकाशित मिति
२०८२ असार १९ गते, बिहीबार ११:५५
असार १९, २०८२ म्याड्रिड, स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दलबीचको सहमतिअनुसारको कार्यकाल पूरा हुनुअघि नै प्रधानमन्त्री पद हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।
बुधबार स्पेनको म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले, “मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो, तर त्यो अवधि सकिएपछि मात्र सत्तारूढ परिवर्तन गर्नुपर्छ भन्ने होइन, म १०–१५ दिन अगावै पनि देउवाजीलाई पद सुम्पन्छु,” भनेका हुन्।
उनले कांग्रेस–एमाले गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने विश्वास पनि व्यक्त गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीले युरोपमा स्थायी र अस्थायी रूपमा बसोबास गरिरहेका नेपाली समुदायलाई शुभकामना दिँदै नेपाल फर्किएर आधुनिक कृषिमा अवसर खोज्न आग्रह समेत गरे।








प्रतिकृया