• २१ असोज २०८३, बुधबार
  • ५ः०९ बिहान

सूर्योदय वोमी लघुवित्तले २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राख्यो

प्रकाशित मिति

२०८२ असार १९ गते, बिहीबार १२:१७

असार १९, २०८२ काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यो शेयर बिक्री नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार गरेको हो।

National Life

बिक्रीमा राखिएको संस्थापक शेयर हालका विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र खरीद गर्न खुला गरिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले कति कित्ता शेयर खरीद गर्न चाहन्छन् भन्ने विवरण खुलाएर निवेदन दिनुपर्नेछ।

कम्पनीले तोकिएको समयसीमाभित्र पर्याप्त आवेदन नपरेमा बाँकी संस्थापक शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ। यस प्रक्रियाले कम्पनीको शेयर संरचना सुदृढ गर्दै व्यवस्थापन पारदर्शिता सुनिश्चित गर्ने विश्वास गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया