• २१ असोज २०८३, बुधबार
  • ५ः१० बिहान

छुट्ला है ! यूनाइटेड अजोडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ असार १८ गते, बुधबार १०:३३

असार १८, २०८२ काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। ३१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (असार १९ )गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनीले मात्रै उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

National Life

कम्पनीको सञ्चालक समितिले हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने रकम (२१ करोड) बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम (१ करोड १० लाख ५२ हजार) बराबरको नगद लाभांश (कर समेत) शेयरधनलिाई वितरणको प्रस्ताव गरेको छ।

यो प्रस्ताव पारितका लागि कम्पनीले यही असार ३० गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभन्ट प्रा.लि मा बिहान साढे १० बजेदेखि साधारणसभा बस्दैछ।

Classic Tech Mobile
Classic Tech Desktop

सभाले नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड कायम गर्न निर्देशन दिएकाले कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। तर बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले हकप्रद प्रतिशतलाई परिमार्जन गरेर १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने गरी परिमार्जन गर्नेछ।

प्रतिकृया