• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

काठमाडौँमा मापदण्ड नपुगेका ४४ पानी जार जफत, उपभोक्ताको स्वास्थ्यमा खतरा देखिएपछि कडाइ

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार ०२:१९

असार १७, २०८२ काठमाडौं । काठमाडौँ महानगरपालिकाले पिउने पानीको गुणस्तर जाँच गर्न गरेको अनुगमनका क्रममा मापदण्ड नपुगेका ४४ वटा पानी जार जफत गरेको छ। महानगरको कृषि तथा पशुपन्छी विभागले गोङ्गबु बसपार्क क्षेत्रमा अनुगमन गर्दा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेटिएपछि ती जार जफत गरिएका हुन्।

महानगरका अनुसार अनुगमनका क्रममा प्रशोधित पानी बोकेको २८ वटा सवारीसाधन निरीक्षणमा परेका थिए। अनुगमनका क्रममा विभिन्न कम्पनीका जार प्रयोग भइरहेको भए पनि तीमध्ये धेरै जार प्रयोगयोग्य मापदण्ड विपरीत फेला परेका थिए। जफत गरिएका सबै जार महानगर प्रहरी बलको जिम्मा दिइएको छ, जसले ती जार नष्ट गर्ने प्रक्रिया अघि बढाउनेछ।

Kamana Sewa

महानगरले सम्बन्धित पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड पालना गर्न कडा निर्देशन दिएको छ। अबदेखि मापदण्डविपरीतका जारमार्फत पानी बिक्री–वितरण नगर्नुका साथै प्रत्येक जारमा स्पष्ट विवरणसहितको लेबल टाँस्नुपर्ने र सवारीसाधनमा कम्पनीद्वारा जारी गरिएको बिल–बिजक अनिवार्यरूपमा साथमा राख्नुपर्ने व्यवस्था लागू गरिनेछ।

Classic Tech Desktop

प्रतिकृया