• ३१ भदौ २०८३, बुधबार
  • १०ः५१ राती

कुलिङ पिरियड प्रकरण: रास्वपाको कडा प्रतिक्रिया, सभापति खतिवडाको राजीनामा माग

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार ११:५५

असार १७, २०८२ काठमाडौं । कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको हेरफेरप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग राजीनामा माग गरेको छ।

National Life

रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाले संघीय संसदको रोस्टमबाट टेबुल गरेको विधेयक र पारित भएको विधेयकबीच फरक आएको भन्दै आपत्ति जनाएका हुन्। उनले लेखेका छन्, “सभापति ज्यू, निजामती विधेयकमा तपाईँले टेबुल गरेको भन्दा फरक कुरा कसरी आयो? कि सुधार्नुस्, कि नालायकीपन स्वीकार गरेर राजीनामा दिनुस्।”

प्रवक्ता झाले पढ्दै नपढी विधेयक पारित गर्ने सांसदहरूलाई पनि व्यङ्ग्य गरेका छन्। उनले लेखेका छन्, “र, पढ्दै नपढेर ‘हुन्छ’, ‘हुँदैन’ भन्नेहरूलाई — ‘कुरी कुरी’।”

Classic Tech Mobile
Classic Tech Desktop

निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी धारामा गरिएको हेरफेरबारे पछिल्लो समय राजनीतिक तहमा चर्को विवाद चुलिएको छ। विभिन्न दलका सांसदहरूले समेत संसदको निर्णय उल्ट्याएर विधेयक संशोधन गरिएको भन्दै सभामुखसँग ध्यानाकर्षण गराइसकेका छन्।

प्रतिकृया