• १ असोज २०८३, बिहीबार
  • ४ः३९ बिहान

बुंगल हाइड्रोले आईपीओ निष्कासन गर्ने पायो अनुमति, सर्वसाधारणका लागि कति आउँदै ?

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार ११:४०

काठमाडौं, असार १७ – बुंगल हाइड्रो लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २९ लाख ५ हजार कित्ता शेयर निष्कासनको स्वीकृति दिएको हो।

National Life

बोर्डबाट प्राप्त स्वीकृति अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि कुल २९ करोड ५ लाख रुपैयाँ बराबरको आईपीओ ल्याउनेछ। कम्पनीले जारी पूँजीको ३५ प्रतिशत शेयर निष्कासन गर्न लागेको हो।

बोर्डले असार १५ गते आईपीओ निष्कासनका लागि अनुमति दिएको हो। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। अब चाँडै आवेदन मिति र अन्य विवरण सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया