• २ असोज २०८३, शुक्रबार
  • ७ः११ बेलुका

आज प्रि ओपन सेसनमा नै सामान्य अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार ११:०३

असार १७, २०८२ काठमाडौं । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ५७ अंकले बढेर २६३३ दशमलव ०५ विन्दुमा पुगेको हो ।

National Life

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४२ अंकले बढेर ४५० दशमलव ९९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । परिसूचक बढेको प्रि ओपन सेसनमा २५ लाख भन्दा बढीको कारोबार भएको छ ।

उक्त सेसनमा ३६ कम्पनीका ४ हजार ५३६ कित्ता सेयर ६१ पटक खरिद बिक्री हुँदा २५ लाख ८४ हजार ८७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया