• २१ असोज २०८३, बुधबार
  • ५ः१० बिहान

सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार ०९:३७

असार १७ , २०८२ काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई प्रदान गर्ने नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले असार १५ गते स्वीकृत गरेपछि नयाँ बोनसदर सार्वजनिक गरिएको हो।

National Life

कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म प्रति हजारका दरले बोनस दिने भएको छ।

त्यसैगरी भाग्योदय जीवन बीमामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, बाल समृद्ध जीवन बीमामा ३० रुपैयाँदेखि ५५ रुपैयाँसम्म, सावधिक सुनौलो जीवन बीमामा ३० देखि ५२ रुपैयाँसम्म र सुनौलो बाल समृद्ध जीवन बीमामा पनि ३० देखि ५२ रुपैयाँसम्म बोनस दिने भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यता नवीन आजीवन जीवन आजीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा ३९ रुपैयाँ, धनधान्य जीवन बीमालेख, धनलक्ष्मी जीवन बीमालेख, धनञ्जय जीवन बीमालेख र नव धनलक्ष्मी जीवन बीमलेखमा २३ देखि २५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

यो बोनसदर मुनाफामा सरिक हुने गरी जारी गरिएका सम्पूर्ण जीवन बीमालेमा उक्त आर्थिक वर्षको लागि प्रति वर्ष प्रति हजार बीमांक रकममा यही बोनसदर कायम हुने कम्पनीले जानकारी दिएको छ।

प्रतिकृया