• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

सर्वसाधारणलाई हिम स्टार उर्जा कम्पनीको आईपीओ खुला,कहिलेदेखि दिने आवेदन?

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार ०९:४६

असार १७ , २०८२ काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले असार २४ गतेदेखि आईपीओमा आवेदन दिन सकिने जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो।

Kamana Sewa

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई क्रमशः १ लाख ८६ हजार ५०० र ९३ हजार २५० कित्ता शेयर निष्कासन गरिसकेको छ। अब कर्मचारीका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता सुरक्षित राखेर बाँकी रहेका ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

Classic Tech Desktop

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको आवेदन दिन सक्नेछन्। आईपीओमा छिटोमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा आवेदन अवधि साउन ६ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया