• २१ भदौ २०८३, आइतबार
  • १ः४२ राती

साताको दोस्रो दिन सेयर बजारमा सुधार, नेप्से ९.१९ अंकले उकालो

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ०३:३३

असार १६ , २०८२ काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.१९ अंकले वृद्धि भई २६३१.४८ विन्दुमा पुगेको हो।

National Life

आजको दिन नेप्सेमा ३१८ कम्पनीका कुल १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर किनबेच भएका छन्। सो अवधिमा कुल कारोबार रकम ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँ पुगेको छ।

सबैभन्दा धेरै सेयर कारोबार भएको कम्पनी सहास उर्जा हो, जसको कारोबार ३६ करोड ५३ लाख ९८ हजार रुपैयाँ बराबर पुगेको छ। सोमबारको बजारमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य ३२ रुपैयाँ ४८ पैसाले बढेर ३५८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

Classic Tech Desktop

उता, पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य आज सबैभन्दा बढी ४.९२ प्रतिशतले घटेको छ। बजारमा मिश्रित कारोबार देखिए पनि समग्र नेप्सेमा सुधार आएको विश्लेषण गरिएको छ।

प्रतिकृया