• ३१ भदौ २०८३, बुधबार
  • ११ः२३ राती

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै बरुण हाइड्रोपावर

प्रकाशित मिति

२०८२ असार १३ गते, शुक्रबार १०:१८

असार १३ , २०८२ काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

National Life

कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रद शेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया