• २१ असोज २०८३, बुधबार
  • ५ः२५ बिहान

संघीय प्रहरी ऐनमा गहिरो छलफल आवश्यक : प्रचण्ड

प्रकाशित मिति

२०८२ असार ११ गते, बुधबार ०१:३५

असार ११ , २०८२ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रहरी ऐनसम्बन्धी विधेयकमाथि गहिरो र व्यापक छलफल आवश्यक रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले सरोकारवाला सबै पक्षको राय सुझाव संकलन गरेर दफावार छलफल गर्नुपर्नेमा जोड दिए।

National Life

“धेरै वर्षदेखि छलफलमा रहेको प्रहरीसम्बन्धी कानून अन्ततः सरकारले प्रस्ताव गरेकोमा धन्यवाद दिन चाहन्छु,” उनले भने, “अब यो विधेयकमाथि अधिकतम परिमार्जनसहित पारित गर्ने गरी सरोकारवाला सबैको सुझावमा गहिरो छलफल गरिनुपर्छ।” उनले आफू प्रधानमन्त्री रहेका बेला पनि प्रहरी ऐनको विषयमा सरकारभित्र र संसदीय प्रक्रिया मार्फत छलफल भएको स्मरण गरे।

“सैद्धान्तिक र नीतिगत विषयमा लामो समयदेखि बहस चल्दै आएको हो। म प्रधानमन्त्री हुँदा पनि विधेयक अघि बढाउने प्रयास भएको थियो,” प्रचण्डले थपे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया