वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
प्रकाशित मिति
२०८२ असार १० गते, मंगलवार ०२:४६
असार १० , २०८२ काठमाडौं । वीरगञ्ज महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का सोमबार लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरको नगरसभाको १७औँ अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आवको आयव्ययसहितको बजेट प्रस्तुत गरेका थिए ।
महानगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात् कुल बजेटको ७० दशमलव २४ प्रतिशत बजेट विनियोजन गरेको छ । त्यस्तै; महानगरले पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कुल बजेटको २८ दशमलव ६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात् एक दशमलव १२ प्रतिशत विनियोजन गरेको छ ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च बेहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट एक अर्ब १५ करोड रुपैयाँ सङ्कलन हुने लक्ष्य राखेको छ । त्यसैगरी सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख बजेट प्राप्त हुने बताइएको छ । त्यस्तै गरी सङ्घीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार राजस्व सङ्कलन हुने अनुमान गरेको छ ।

घरजग्गा रजिष्ट्रेशन शुल्कबापत २५ करोड र नगद मौज्दातबाट १५ करोड खर्च बेहोरिने बताइएको छ । चालु आवका लागि वीरगञ्ज महानगरको बजेट दुई अर्ब ८९ करोड ४८ लाख थियो ।




प्रतिकृया