• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

अमेरिकीको इरानमाथि हमला विश्वयुद्ध निम्त्याउने माओवादीको आरोप

प्रकाशित मिति

२०८२ असार ९ गते, सोमबार ०२:३२

असार ९ , २०८२ काठमाडौं ।   नेकपा (माओवादी केन्द्र) सहितका विभिन्न वामपन्थी दल र नागरिक समाजसँग आबद्ध संस्थाहरूले संयुक्त वक्तव्य जारी गर्दै इरानमाथिको अमेरिकी आक्रमणको कडा विरोध गरेका छन्। उनीहरूले यो आक्रमणलाई “विश्वयुद्ध निम्त्याउने दुष्प्रयास” भन्दै घोर निन्दा तथा भर्त्सना गरेका छन्।

माओवादी केन्द्रका महासचिव देव गुरुङले उक्त आक्रमणविरुद्ध पार्टीले औपचारिक वक्तव्य नै जारी गरिसकेको जानकारी दिए। संयुक्त वक्तव्यमा भनिएको छ, “अमेरिकी साम्राज्यवादले आणविक हतियारको बहानामा इरानमाथि गरेको आक्रमण गम्भीर युद्ध अपराध हो। यसबाट विश्वव्यापी युद्ध आतङ्कको त्रास फैलिएको छ।”

Kamana Sewa

वक्तव्यमा अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन, सार्वभौम राष्ट्रहरूको स्वाधीनता र संयुक्त राष्ट्रसंघको बडापत्रविरुद्ध भएको दाबी गरिएको छ। वक्तव्य अनुसार, इजरायलको उक्साहटमा गरिएको यो आक्रमण इरानमात्र नभई समग्र दक्षिण एशियाली एवं पश्चिम एसियाली क्षेत्रको शान्ति, स्थायित्व र सुरक्षामाथिको खतरा हो।

Classic Tech Desktop

संयुक्त वक्तव्य:

प्रतिकृया