• १ असोज २०८३, बिहीबार
  • ५ः१३ बेलुका

उर्जामन्त्री खड्का भन्छन्- ‘टेक एन्ड पे’ संशोधन हुन्छ

प्रकाशित मिति

२०८२ असार ९ गते, सोमबार ०२:०६

असार ९ , २०८२ काठमाडौं ।  जलविद्युत खरिदमा लागू गरिएको ‘टेक एन्ड पे’ नीति संसोधन गरिने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शेखरबहादुर खड्काले स्पष्ट पारेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको विनियोजनमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ‘टेक एन्ड पे’लाई संशोधन गरी ‘टेक अर पे’ बनाउने प्रस्तावसहित अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी गराएका हुन्।

National Life

मन्त्री खड्काले जलविद्युत क्षेत्रमा उत्पन्न भएको विवाद समाधानका लागि नेपाल विद्युत प्राधिकरणबाट प्राप्त राय सुझावका आधारमा नीति समायोजन गर्न लागिएको उल्लेख गरे। “टेक एन्ड पेको विषय चर्चामा छ। सांसदहरूको धेरै प्रश्न पनि यहीमा केन्द्रित थियो। १० मेगावाटसम्मका साना जलविद्युत आयोजना र विद्युत खपत वा निर्यात सुनिश्चित भएका ठूला रन अफ रिभर आयोजना सम्बन्धी खरिद सम्झौता ‘टेक अर पे’ मा आधारित हुने गरी मन्त्रालयले जेठ २७ मा पत्रमार्फत अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेको छ,” मन्त्री खड्काले सदनमा भने।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संसदमा पेस गरेको बजेट वक्तव्यको बुँदा नम्बर २२७ मा भनिएको छ- ‘जलविद्युत आयोजना सम्पन्न हुने समय तालिकासँग संगति मिल्ने गरी सब स्टेशन र प्रशारण लाइन निर्माण गरिनेछ । विद्युत उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत खरिद सम्झौता गर्ने नीति लिइनेछ । रन अफ रिभर आयोजनाको टेक एन्ड पे अवधारणा अनुरूप विद्युत खरिद सम्झौता गरिनेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया